बुधबार इन्फ्राइस्टक्चर बैंकको सबैभन्दा धेरै शेयर कारोबार
काठमाडौं, ५ फागुन । बुधबार शेयर बजार परिसूचक नेप्से ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ । मंगलबार परिसूचक २६०१.५१ विन्दुमा रोकिएको थियो ।
बुधबार कारोबारमा आएका मध्ये वाणिज्य बैंकिङ, विकास बैंक, ब्यापार, म्यूचुअल फन्ड र अन्य समूहको उपसूचकमा सुधार आए पनि अरुमा पनि गिरावट छ । कारोबार २ सय ३ वटा कम्पनीको ८ अर्ब ३ करोड रुपैयाँ बराबरको भएको छ। यो कारोबार रकम मंगलबारको भन्दा झन्डै २ अर्ब रुपैयाँले कम हो ।
नेप्से बढेको यो दिन सबैभन्दा धेरै कमाउनेमा नेपाल इन्फ्राइस्टक्चर बैंक रहेको छ। यो बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ९७ रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै शेयर कारोबार पनि यही बैंकको भएको छ। बैंकको ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यस्तै सबैभन्दा धेरै गुमाउनेमा सनराइज फष्ट म्यूचुअल फन्ड रहेको छ । यसको शेयर मूल्यमा भने ४.५३ प्रतिशतले घटेको छ ।