Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एसबी सोलुसन र डिजि हबबीच लगानी र सहकार्यका लागि प्रणालीकोे लागि सम्झौता

एसबी सोलुसन र डिजि हबबीच लगानी र सहकार्यका लागि प्रणालीकोे लागि सम्झौता

काठमाडौं, ५ फागुन । एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डिजि हबबीच सम्झौता भएको हो । उक्त सम्झौता एसबी सोलुसनका अध्यक्ष र डिजि हबका प्रबन्ध निर्देशकबीच भएको हो ।

कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको छ । लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डिजि हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् ।

डिजि हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डिजि हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x