गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’ र मेरो शेयर बचत खाता सार्वजनिक
काठमाडौं, ७ फागुन । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । बैंकले न्यूनतम बार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको हो ।
यो सुविधाअन्तर्गत बैंकले खरिद मुल्यको ८० प्रतिशतसम्म १० बर्षको लागि कर्जा प्रवाह गर्नछ ।
त्यस्तै बैंकले ‘मेरो शेयर बचत खाता’ सार्वजनिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५०० रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।