नेपाल बैंकको अध्यक्षको जिम्मेवारी महालेखा नियन्त्रक मरासिनीलाई
काठमाडौं, ७ फागुन । महालेखा नियन्त्रकलाई नेपाल बैंक लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक मधु मरासिनीलाई नेपाल बैंकको जिम्मेवारी दिएको हो।
नेपाल बैंकको अध्यक्ष रहेका बासुदेव अधिकारीले सो पदबाट केही दिनअघि राजीनामा दिएका थिए। मरासिनी नेपाल सरकारका सचिव हुन्।