Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुनको मूल्य १० महिनापछि ९० हजार तल झर्याे

सुनको मूल्य १० महिनापछि ९० हजार तल झर्याे

काठमाडौं, ७ फागुन । लगातार उकालो लागेर ९० हजारको पेरिफेरीमा कारोबार हुँदै आएको सुन १० महिनापछि मात्र ९० हजार तल झरेको छ । मूल्य वृद्धि भएर प्रतितोला एक लाख रुपैयाँ माथि पुगेको सुनको मूल्य ९० हजार तल झर्न १० महिना लागेको हो । गत असार ५ गते प्रतितोला ८९ हजार ९०० रुपैयाँमा सुन कारोबार भएको थियो । त्यसयता लगातार प्रतितोला ९० हजारभन्दा माथि कारोबार हुँदै आएको सुन फागुन ५ गते बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका दिनमा मूल्य घट्न थालेको छ ।

स्थानीय बजारमा बिहीबार (हिजो) ८९ हजार २०० रुपैयाँमा सुन खदिर विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै शुक्रबार (आज) प्रतितोला १ हजार रुपैयाँ घटेर ८८ हजार २०० रुपैयाँमा छापावला सुन खरिद विक्री भइरहेको छ । आज चाँदी पनि घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । गत कारोबार दिन १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँ घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

असार ५ गतेयता सुनको मूल्य बढेर १ लाख माथि पुगेको थियो । गत साउन १९ गते ९९ हजार ८०० रुपैयाँबाट मूल्य वृद्धि भएर २० गते १ लाख १ हजार ४०० रुपैयाँ पुगेको थियो । साउन २३ गते भने सुनको मूल्यले एतिहासिक रेकर्ड बताएको थियो । यो दिन सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

उक्त मितिपछि सुनको मूल्यमा बारम्बार उतारचढाव देखिएको भएपनि ९० हजारभन्दा तल झरेको थिएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x