Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?

हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?

काठमाडौं, ७ फागुन । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै वायुसेवा सञ्चालक संघले भाडा बढाउने निर्णय गरेको हो ।

संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएको छ । संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं– पोखरा ३०, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०, काठमाडौं–नेपालगञ्ज ६५ र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ बढी मूल्य पर्नेछ ।

यस्तै पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर–तुम्लिङटार २०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुर उडानको २० रुपैयाँ थप बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x