Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कोभिडपूर्वकै अवस्थामा फर्कियो आयात, वैदेशिक व्यापार घाटा ७ खर्ब ३३ अर्ब

कोभिडपूर्वकै अवस्थामा फर्कियो आयात, वैदेशिक व्यापार घाटा ७ खर्ब ३३ अर्ब

काठमाडौं, ८ फागुन । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो सात महिनाको तथ्यांकअनुसार कुल आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो ।

यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।

विभागको तथ्यांकअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले कम हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x