महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

काठमाडौं, ७ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयोग प्रदान गरेको छ । सारथीको कार्यालयमा बिहीबार सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथीकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

हाल बैंकले १०३ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *