Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ऊर्जाक्षेत्रमा ६१ अर्ब ४८ करोडभन्दा बढीको लगानी प्रतिबद्धता

ऊर्जाक्षेत्रमा ६१ अर्ब ४८ करोडभन्दा बढीको लगानी प्रतिबद्धता

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा मुलुकको ऊर्जाक्षेत्रमा करिब साढे ६१ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्ममा यस क्षेत्रमा स्वदेशी एवं विदेशी लगानीकर्ताबाट ६१ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको आएको हो । लगानीकर्ताले ऊर्जाका १६ वटा उद्योग स्थापनाका लागि उक्त लगानी स्वीकृत गराएको विभागले बताएको छ ।

सोही अवधिमा उत्पादनमूलक उद्योगका लागि ७ अर्ब २ करोड ८१ लाख, कृषि तथा वन पैदावरमा आधारित उद्योगका लागि ३ अर्ब ५५ करोड, पर्यटनमूलक उद्योगका लागि ४ अर्ब २६ करोड ५७ लाख, सेवामूलक उद्योगका लागि ३ अर्ब ६५ करोड ७८ लाख, खनिज उद्योगमा १२ करोड ३४ लाख, पूर्वाधारमा १ अर्ब ५७ करोड ४४ लाख र सूचना, सञ्चार तथा प्रविधि उद्योगमा ६५ करोड लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार कृषि तथा वन पैदावारका १४ वटा, उत्पादनमूलक ३३ वटा, सेवामूलक २४ वटा, पर्यटनका २४ वटा र पूर्वाधार र खनिजजन्य एक÷एक उद्योगका लागि उक्त लगानी स्वीकृत गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x