एनआईसी एशिया बैंकले अनलाईन भुक्तानी प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसमार्फत् आम व्यवसायी माझ पु¥याउने
काठमाडौं, ८ फागुन । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा.लि.को फिनटेक कम्पनीले आम व्यवसायीहरू माझ पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीलाई सरल डिजिटल भुक्तानीमार्फत प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
यस प्रणालीबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् । साइबरसोर्स गेटवे प्रणाली अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटीएम, ८८ वटा विस्तारित काउण्टर र ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।