Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्तिम चरणमा न्यादी जलविद्युत्, जेठदेखि उत्पादन थाल्ने

अन्तिम चरणमा न्यादी जलविद्युत्, जेठदेखि उत्पादन थाल्ने

लमजुङ, ९ फागुन । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण भइरहेको उक्त आयोजनाले जेठदेखि उत्पादन थाल्ने भएको छ ।
आयोजनाको निर्माण हालसम्म ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको आयोजनाका सिनियर इञ्जिनीयर विवेक कारान्जितले बताएका छन् । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको तथा बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी उनले दिए ।

आयोजनाका अनुसार प्रसारण लाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ ।

६ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Read also x