Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भारतबाट आज थप १० लाख डोज खोप आउँदै

भारतबाट आज थप १० लाख डोज खोप आउँदै

काठमाडौं, ९ फागुन । भारतबाट थप १० लाख डोज खोप आज (आइतबार) नेपालमा आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप खोप १० लाख डोज काठमाडौँ आउन लागेको हो । यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख डोज खोप आउने भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइनेछ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने बताइएको छ । सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x