कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं, १३ फागुन । कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ। बैंकले १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।
९ प्रतिशत ब्जदरको १० वर्षे ऋणपत्रमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म प्राप्त आवेदनहरु प्रशोधन गर्दा ८ लाख ९९ हजार ३ सय ६८ कित्ता विक्री भएको हो । १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट विक्री गरेको हो । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागि नै निष्कासन गरिएको र्बैंकले जनाएको छ। ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।