Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कुमारी बैंकको सहकार्यमा ग्वार्काे तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

कुमारी बैंकको सहकार्यमा ग्वार्काे तरकारी बजारमा क्युआर कोड सेवाको सुरुवात

काठमाडौं, १३ फागुन । कुमारी बैैंक लिमिटेडले ग्वार्काेको तरकारी तथा फलफूल बजारमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने सेवाको सुरुवात गरेको छ । उक्त क्युआर कोड हस्तान्तरण बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र ललितपुर नगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् ।

ग्वार्काे तरकारी बजारमा क्युआर कोड हस्तान्तरणले ललितपुर महानगरलाई डिजिटल सहर बनाउँने लक्ष्यमा थप एक इटा थपिएको नगर प्रमुख महर्जनले बताए । आफूहरुले ललितपुरलाई डिजिटल सहरमा रुपान्तरण गर्ने लक्ष्यका साथ पहिलो चरणको काम गरि सकेको पनि उनले बताए । उनले अब छिटै महानगरले कर पनि फोनबाट नै तिर्न सक्ने व्यवस्था गर्ने बताए ।

त्यस्तै बैंकका प्रमुख कर्यकारी अधिकृत भण्डारीले राष्ट्र बैंकको नीतिअनुसार आफूहरुले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै आएको बताए । अबको युग डिजिटलमय बन्दै गएकोले डिजिटल बैंकिङ्गको प्रयोग अफिसदेखि भान्सासम्म हुन जरुरी रहेको उनको भनाई छ ।

हाल कुमारी बैंकले देशका विभन्न स्थानबाट १९२ शाखा कार्यालय, १५६ वटा एटीएम, २३ वटा शाखाहित बैंकिङ्ग सेवा र १३ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x