Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

६५ अर्ब चिनियाँ लगानीमा बन्ने औद्योगिक पार्कको शिलान्यास हुँदै

६५ अर्ब चिनियाँ लगानीमा बन्ने औद्योगिक पार्कको शिलान्यास हुँदै

झापा, १३ फागुन । ६५ अर्ब चिनियाँ लगानीमा बन्ने औद्योगिक पार्कको शिलान्यास हुँदै चिनियाँ लगानीमा बन्ने मुलुककै ठूलो औद्योगि पार्कको शिलान्यास हुने भएको छ । झापाको दमकबाट ८ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिएको राससमा उल्लेख छ । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को संगमस्थलमा १ हजार ३०० बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो ।

पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले बताए । सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई १ अर्ब ३६ करोड मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड उपलब्ध गराइसकेको छ । सो जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो । ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने सो पार्कमा पहिलो चरणमा २६ वटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात हुने थापाले दाबी गरे ।

रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमूना बन्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x