महिला लघुवित्तको आईपीओ बाँडफाँड भोली हुने
काठमाडौं, १३ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोली (शुक्रवार) बिहान ८ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको अफिसियल फेसबुक पेजबाट बाँडफाँडको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।
लघुवित्तको आईपीओमा १५ लाख ८० हजार ७ सय ८१ ले आवेदन दिएका छन् । उनीहरुबाट २ करोड ४६ लाख ६६ हजार १ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो मागभन्दा ६५.७७ गुणा बढी हो ।
आईपीओ बाँडफाँड पश्चात चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।