सुन तोलाको ८९ हजार ३ सयमा कारोबार
काठमाडौं, १३ फागुन । बिहीबार सुन तोलमा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८९ हजार ३ सयमा कारोबार भइरहको छ।
बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसतै चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।