शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय स्थानान्तरण
काठमाडौं, १३ फागुन । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय बुटवल उप–महानगर पालिकाको ११ वडामा रहेको आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । बुटवल उप–महानगरपालिका वडा नं. ६ मैत्रीपथमा रहेकोमा उक्त कार्यालय स्थानान्तरण गरिएको हो ।
यो सँगै केन्द्रीय कार्यालयको सम्पूर्ण प्रशासनिक तथा धितोपत्र अभिलेख सम्बन्धी कार्यहरु फागुन १२ गतेको कारोबार समय पश्चात स्थानान्तरण भएको बताइएको छ ।