Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

राष्ट्रिय प्रणालीमा थपियो सौर्य प्रणालीको १० मेगावाट विद्युत्

राष्ट्रिय प्रणालीमा थपियो सौर्य प्रणालीको १० मेगावाट विद्युत्

नुवाकोट, १८ फागुन । मुलुकको राष्ट्रिय प्रसारण लाइनमा सौर्य प्रणालीको १० मेगावाट विद्युत् थपिएको छ । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको हो ।

यसअघि परीक्षणको रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकोमा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आउनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरू गरेको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले दिए ।

आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत् केन्द्रको प्रसारण प्रणालीमार्फत सीधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *