Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर नियुक्ति छिट्टै टुंगो लाग्ने,कसको कति सम्भावना ?

राष्ट्र बैंकका दुई डेपुटी गभर्नर नियुक्ति छिट्टै टुंगो लाग्ने,कसको कति सम्भावना ?

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकका मंगलवारदेखि दुईवटै डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँचवर्षे कार्यकाल पूरा गरी अवकाश पाएका छन् । यससँगै नयाँ डेपुटी गभर्नरमा को को आउलान् भन्ने चासो बढेको छ । नयाँ डेपुटी गभर्नर नियुक्तिको पनि छिट्टै टुंगो लाग्ने भएको छ ।
विघटित प्रनिनिधिसभा पुनःस्थापना भएर संसद् बैठक शुरू हुनुअगावै डेपुटी गभर्नर नियुक्ति गर्न प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अग्रसरता देखाउँदै आएका छन् ।

हाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक कार्यरत छन् । डेपुटी गभर्नरका लागि उनीहरू सबै योग्य हुन्छन् । यस्तोमा गभर्नरले रिक्त पदको दोब्बर संख्यामा विशिष्ट श्रेणीका अधिकृतमध्येबाट नामावली सिफारिस गर्नुपर्ने व्यवस्था छ । यस अनुसार हाल रिक्त २ पदमा गभर्नरले ४ जनाको नाम सिफारिस गर्नेछन्, जसमध्ये निम्न चारजनाको नाम रिफारिशमा पर्ने र उनीहरूमध्येबाट दुई डेपुटी गभर्नर नियुक्त हुनेछन् ।

आर्थिक सल्लाहकार समेत रहेका डा. प्रकाश श्रेष्ठ अर्थमन्त्रीका पहिलो रोजाइमा छन् । यस्तै राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नीलम ढुंगाना तिम्सिना राष्ट्रपतिका नजिक एवं महिला भएकाले पनि उनलाई पनि डेपुटी गभर्नरको दाबेदारको रूपमा हेरिएको छ ।

यसैगरी नेपाल राष्ट्रको बैंक तथा वित्तीय संस्था नियमन विभागका देवकुमार ढकाल वापपन्थी दल नजिक भएकाले पनि उनको नाम समेत भावी डेपुटी गभर्नरको चर्चामा छ । साथै प्रवक्ताको जिम्मेवारी पाएका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि डेपुटी गभर्नर बन्ने सम्भावना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x