Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मंगलबार नेप्से परिसूचक करिव ६० अंकले घट्यो, दुई समूहबाहेक सबै समूह राताम्य

मंगलबार नेप्से परिसूचक करिव ६० अंकले घट्यो, दुई समूहबाहेक सबै समूह राताम्य

काठमाडौं, १८ फागुन । मंगलबार (आज) नेप्से परिसूचक २.३७ प्रतिशतले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५९.७० अंक घटेर २४५५.३३ विन्दुमा झरेको हो । त्यस्तै आज कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । हिजो ५ अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको हो । २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये उद्योग समूह र होटल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक राताम्य भएको छ । उद्योग समूहको परिसूचक ९.१८ प्रतिशतले वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको परिसूचक ०.८ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको प्रतिशेयर मूल्य ९ हजार २९३ पुगेको छ ।

त्यस्तै चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य पनि ९.८९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ५०० रुपैयाँ पुगेको हो ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको २८ करोड २६ लाख रुपैयाँभन्दाबढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x