Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

ज्योति लाइफको आईपीओ निष्कासन मिति अघि सर्‍यो

ज्योति लाइफको आईपीओ निष्कासन मिति अघि सर्‍यो

काठमाडौं, १८ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको मिति अघि सर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । यद्यपि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिष्टममा प्राविधिक कठिनाइ आउन सक्ने भन्दै निष्कासनको मिति सार्न सुझाएपछि कम्पनीले फागुन २१ गते शुक्रवारदेखि निष्कासनको तयारी गरेको हो ।

यसका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । साथै कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलका बिजनेश चिफ अफिसर कमल नेपालले यसको पुष्टि गरेका छन् । ‘आइपीओ निष्कासनको मिति सार्नेबारे सेबोनसँग कुराकानी भइसकेको छ, यससम्बन्धी अन्तिम पत्र आउन भने बाँकी छ ।’ यससम्बन्धी सूचना कम्पनीले सम्भवतः भोलि (बुधवार) सार्वजनिक गर्ने जानकारी उनले दिए ।

मिति परिवर्तन भएसँगै कम्पनीको आईपीओमा छिटोमा फागुन २६ र ढिलोमा चैत ६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आईपीओ विक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x