Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कारोबार सञ्चालनको अन्तिम तयारीमा नागरिक स्टक डिलर

कारोबार सञ्चालनको अन्तिम तयारीमा नागरिक स्टक डिलर

बलराम बुढाथोकी
काठमाडौं, १८ फागुन । नेपालको पहिलो स्टक डिलर कम्पनी नागरिक स्टक डिलरले कारोबार सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको छ । कर्मचारीलाई कारोबारको राफसाफ तथा फछ्र्यौटसम्बन्धी आवश्यक तालीमका लागि मंगलवारदेखि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा पठाइएको भन्दै कम्पनीका सीईओ महेश्वरलाल श्रेष्ठले आगामी हप्ताभित्रै कारोबार सञ्चालन हुने बताए ।
‘कारोबार सञ्चालनका लागि आवश्यक सम्पूर्ण काम करिब सकिएको छ,’ उनले भने, ‘कर्मचारीले सीडीएससीबाट तालीम लिएर आइसकेपछि काम शुरू हुन्छ ।’ यस्तै कम्पनीका कार्यवाहक अधिकृत हरिशंकर तिमल्सिनाले कम्पनी आगामी मंगलवार वा बुधवारदेखि कारोबार थाल्ने तयारीमा रहेको जानकारी दिए ।

स्टर डिलरको कार्य सञ्चालनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते नै अनुमति दिइसकेको छ । यसैगरी बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट समेत माघ २९ गते अनुमति पाएको थियो । साथै कारोबार राफराफका लागि सीडीएससीबाट समेत अनुमति पाउने प्रक्रिया अन्तिम चरणमा रहेको कम्पनीले बताएको छ ।

हाल ३ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर रहेको कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर निष्कासन गर्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
स्टक डिलर कम्पनीले २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका साना कम्पनीको सेयर कारोबार गर्न नपाउने प्रावधान धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७ मा छ । धितोपत्र व्यापारिले २० करोडभन्दा कम चुक्तापूँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाइनेछैन ।
स्टक डिलरले एक हजारभन्दा कम कित्ता सेयर पनि खरिद–बिक्रीमा पनि बन्देज गरिएको छ । यो व्यवस्थाअनुसार स्टक डिलरले कारोबार गर्दा एक हजारभन्दा कम संख्यामा सेयर किनबेच गर्न पाउँदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x