निक्षेप संकलनको तुलनामा दोब्बर पुग्यो वाणिज्य बैंकको कर्जा प्रवाह

काठमाडौं, १८ फागुन । कोभिड प्रभाव घटेर बढ्दो आयात र मुलुकको आर्थिक व्यावसायिक क्षेत्र चलायमान हुन थालेसँगै वाणिज्य बैंकहरूमा कर्जाको माग समेत चुलिएको छ । पछिल्लो २ सातामा वाणिज्य बैंकहरूमा निक्षेप संकलनको तुलनामा दोब्बर कर्जा प्रवाह भएको छ ।

नेपाल बैंकर्स एशोसिएशनको तथ्यांक अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा फागुन दोस्रो साता ११ अर्ब निक्षेप थपिएको छ भने २७ अर्ब कर्जा लगानी भएको छ । यस्तै दुई साताको तथ्यांक हेर्दा २३ अर्ब निक्षेप संकलन र ४४ अर्ब कर्जा प्रवाह भएको देखिन्छ ।

माघ मसान्तसम्मको तुलनामा फागुन दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ६.१२ प्रतिशत र कर्जा प्रवाह १.३२ प्रतिशतले बढेको छ । माघ मसान्तसम्ममा वाणिज्य बैंकले ३७ खर्ब ८६ अर्ब निक्षेप संकलन र ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कोरोना महामारीको असर तुलनात्मक रूपमा कम हुन थालेसँगै कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । यसले लामो बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खुम्चन थालेको देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमवारसम्म बैंकिङ प्रणलीमा ७१ अर्ब रुपैयाँ तरलता छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेसँगै तरलता अभाव हुने सक्ने संकेत देखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *