Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू, ५ वर्षमा वार्षिक निर्यात ४ खर्ब ३० अर्ब पुर्‍याउने लक्ष्य

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू, ५ वर्षमा वार्षिक निर्यात ४ खर्ब ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं, १८ फागुन । मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भेटेर उक्त अभियानबारे जानकारी गराएको छ ।

स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरिएको अध्यक्ष मोरले जानकारी दिए । सो अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने भन्दै उनले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्रै राष्ट्रिय अर्थतन्त्र उकास्न सकिने धारणा राखे ।

परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मुख्यगरी चारवटा आर्थिक खम्बालाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए । उक्त अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यस्तै परिसंघको लक्ष्यअनुसार ५ वर्षमा वार्षिक निर्यात ४ खर्ब ३० पु¥याउने र कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने रहेको छ ।
उक्त अवसरमा उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x