Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पञ्चवर्षीय योजना निर्माणको तयारीमा मेगा बैंक

पञ्चवर्षीय योजना निर्माणको तयारीमा मेगा बैंक

काठमाडौं, २४ फागुन । मेगा बैंक नेपालले पञ्चवर्षीय योजना निर्माणको तयारी थालेको छ । बैंकले वित्तीय पहुँच र व्यवसाय अभिवृद्धिमा सघाउ पुग्ने गरी दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारी थालेको प्रमुख कार्यकारी अधिकृत अनुपना खुञ्जेलीले जानकारी दिइन् ।

बैंकले यसअघि पनि पञ्चवर्षीय योजना निर्माण गरेर काम गरेको थियो । योजना निर्माण गरेर काम गर्दा वित्तीय पहुँच र व्यवसाय अभिवृद्धि दुबैमा सहज रूपले लक्ष्य भेट्टाउन सकिने अनुमान छ ।

सञ्चालनको ११ वर्षे यात्रामा मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये नाफाका हिसाबले मेगा बैंक ११औं स्थानमा रहेको दाबी गरिएको छ । बैंकको समग्र सूचकहरू सन्तोषजनक रहेकाले आगामी दिनमा व्यवसाय अभिवृद्धिमा थप मद्दत मिल्ने प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीको विश्वास छ ।

चालू आर्थिक वर्षको ८ महिना फागुन १९ गतेसम्म बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै चुक्तापूँजी १४ अर्ब ६६ करोड रुपैयाँ रहेको मेगाको जगेडा कोष रकम २ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x