Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न राजदूत विश्वकर्मालाई परिसंघको अनुरोध

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न राजदूत विश्वकर्मालाई परिसंघको अनुरोध

काठमाडौं, २४ फागुन । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आइतवार परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए ।

आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्रओटा म्लुकहरुमा व्यापार तथा लगानिका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवद्र्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने राजदूत विश्वकर्माले बताए । दक्षिण अफ्रिकी मुलुकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

छलफलमा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्न विशेष पहल गर्नुपर्ने बताए । दूतावासहरुले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन उनले राजदूत विश्वकर्मालाई अनुरोध गरे ।

राजदूत विश्वकर्मासँगको छलफलमा परिसंघका उपाध्यक्षहरू राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे र परिसंघ प्रदेश दुईका संयोजक नरेश दास लगायतको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x