Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू, वार्षिक १ हजार उद्योग स्थापना, डेढ लाखलाई रोजगारीको लक्ष्य

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू, वार्षिक १ हजार उद्योग स्थापना, डेढ लाखलाई रोजगारीको लक्ष्य

काठमाडौं, २५ फागुन । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताएका छन् ।
कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उनले उल्लेख गरे । सरकारले राष्ट्रिय सङ्कल्पका साथ शुरु गरेको समृद्ध नेपाल र सुखी नेपालीसँग स्वदेशी उत्पादनको महत्व जोडिएको भन्दै उनले समृद्धि र सुखसँगसँगै अघि बढाउनुपर्नेमा विशेष जोड दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताए । पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी उनले दिए ।

परिसंघका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसङ्घ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताए । परिसंघले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको उनको भनाइ छ ।

परिसंघको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग स्थापना तथा डेढ लाखलाई रोजगारी दिने, सन् २०३० सम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । यस्तै आगामी पाँच वर्षमा झण्डै पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसंघका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x