Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगातार ओरालो गतिमा शेयर बजार

लगातार ओरालो गतिमा शेयर बजार

काठमाडौं, २६ फागुन । केही दिनयता शेयर बजार ओरालो लाग्न थालेको छ । हालसम्मको उच्च विन्दु २६०० भन्दा माथिसम्म पुगेको बजार फागुन १८ गते मंगलबारयता घट्न थालेको हो । मंगलबार २४५५.३३ विन्दुमा थियो ।

नेप्से परिसूचक ३.४० अंक घटेर २४५८.४८ विन्दुमा रोहिएको छ । आज कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ९ करोड ७१ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । ४ अर्ब ७५ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

२०५ कम्पनीको ७८ लाख ९ हजार ३७५ कित्ता शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५५ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार २९५ रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स लिमिटेड, घलेम्दी हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चन्द्रागिरिको शेयर मूल्य ८०३ रुपैयाँ कायम भएको छ भने घलेम्दीको शेयर मूल्य १४४ र नेपाल हाईड्रोपावरको ३९० रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ७ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको परिसूचक ८.१५ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x