Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कम्पनी रजिस्ट्रारमा दर्ता भएकामध्ये ७० प्रतिशत कम्पनी बन्द

कम्पनी रजिस्ट्रारमा दर्ता भएकामध्ये ७० प्रतिशत कम्पनी बन्द

काठमाडौं, २७ फागुन । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएकामध्ये ७० प्रतिशतभन्दा बढी दिगो रुपमा सञ्चालन हुन नसक्दा बन्द हुने गरेको बताइएको छ । कार्यालयका अनुसार दर्ता भएर पनि चलायमान हुन नसक्दा अधिकांश कम्पनी बन्द हुने गरेका हुन् ।

चालू आवको अर्धवार्षिक अवधिमा कार्यालयमा पब्लिक, प्राइभेट, मुनाफा नगर्ने तथा विदेशी कम्पनी गरी कुल १४ हजार ७७१ कम्पनी दर्ता भएका छन् । सो अवधिमा कार्यालयले नयाँ कम्पनी दर्ता, पुँजीवृद्धि, नामसारी, खारेजी लगायतका काम गरेबापत ४५ करोड ७४ लाख संकलन गरेको छ ।

गत आवको सोही अवधिमा कार्यालयले ४४ करोड ३ लाख दस्तुर संकलन गरेको थियो । चालू आवको ६ महिनामा सबैभन्दा बढी कम्पनी दस्तुरबापत असोजमा ९ करोड ९० लाख संकलन भएको छ । यस्तै पुसमा ९ करोड ४२ लाख, मंसिरमा ८ करोड ६० लाख, साउनमा ८ करोड ३० लाख, कात्तिकमा ६ करोड ३० लाख र भदौमा ३३ करोड २० लाख दस्तुर संकलन भएको छ ।

सोही अवधिमा २८ वटा पब्लिक र २२ वटा विदेशी कम्पनी दर्ता भएका छन्, जसमध्ये साउनमा चार, असोजमा ६, कात्तिकमा पाँच, पुसमा ६ र मंसिरमा एउटा दर्ता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x