Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिडले औषधिको आयात तथा राजस्व संकलन प्रभावित

कोभिडले औषधिको आयात तथा राजस्व संकलन प्रभावित

काठमाडौं, २७ फागुन । कोभिड महामारीले मुलुकमा औषधिको आयात तथा राजस्व संकलन प्रभावित बनेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा गत आवको सोही अवधिको तुलनामा औषधिको आयात र यसबापत हुने राजस्व संकलन घटेको हो ।

चालू आवको माघ मसान्तसम्मा १५ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका औषधि भित्रिएको छ । गत आवको ७ महिनामा भने १८ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बराबरको औषधि आयात भएको थियो । उक्त तथ्यांक गत आवको तुलनामा चालू आवमा औषधिको आयात १४ भन्दा बढीले खुम्चिएको देखिएको छ ।

सोही अवधिमा भएको औषधिको आयातबाट ८० करोड ७८ लाख राजस्व असुली भएको छ । गत आवको सोही अवधिमा औषधि आयातबाट विभागले ९१ करोड ३३ लाख राजस्व संकलन गरेको थियो ।

माघ मसान्तसम्ममा १४८ मुलुकबाट ४९ वटा शीर्षकमा औषधि भित्रिएको छ । नेपालमा खपत हुने औषधिको आधाभन्दा बढी हिस्सा आयात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x