Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ज्योति लाइफको आइपीओमा १८ लाखभन्दा बढीको आवेदन

ज्योति लाइफको आइपीओमा १८ लाखभन्दा बढीको आवेदन

काठमाडौं, २७ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले निष्कासन गरेको प्राथमिक शेयर (आईपिओ)मा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपीओमा आवेदनको अन्तिम दिनसम्म १८ लाख ४ हजार ६४८ जनाको आवेदन परेको हो । आइपीओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ । यस अघि खुलेको महिला लघुवित्तको आईपीओमा १२ लाखले अवेदन दिएका थिए ।

सर्वसाधारणलाई निष्कासनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको आइपीओमा आवेदन ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक १ अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x