Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शुक्रवारदेखि परीक्षण उत्पादन थाल्दै मिस्त्रीखोला आयोजना, राष्ट्रिय प्रणालीमा ४२ मेगावाट थपिने

शुक्रवारदेखि परीक्षण उत्पादन थाल्दै मिस्त्रीखोला आयोजना, राष्ट्रिय प्रणालीमा ४२ मेगावाट थपिने

म्याग्दी, २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित मिस्त्रीखोला जलविद्युत् आयोजनाले भोलि (शुक्रवार)देखि परीक्षण उत्पादन थाल्ने भएको छ ।

४२ मेगावाट क्षमताको सो आयोजनाले शुक्रवारदेखि उत्पादन थाल्ने र चैत अन्तिम सातादेखि व्यावसायिक रूपमा उत्पादन शुरू गर्ने प्रवद्र्धक कम्पनी माउन्टेन इनर्जी प्रालिले जानकारी दिएको छ ।

कम्पनीका अनुसार हाल आयोजनाको प्राविधिक उपकरण परीक्षण भइरहेको छ । आयोजनाको पहिलो युनिटको ९९ प्रतिशत, दोस्रोको ९० प्रतिशत र तेस्रोको ८० प्रतिशत परीक्षण पूरा भएको कम्पनीले जानकारी दिएको छ ।

१५ दिन परीक्षण उत्पादनपछि चैत अन्तिम सातादेखि व्यावसायिक उत्पादन शुरू गर्ने तयारीमा कम्पनी छ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ ।

भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी रहेको आयोजनाको निर्माण २०७३ जेठ ३१ गतेदेखि शुरू भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x