Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जनमैत्रीमा आयोजित ३ दिने शोध प्रस्ताव लेखनसम्बन्धी कार्यशाला सम्पन्न

जनमैत्रीमा आयोजित ३ दिने शोध प्रस्ताव लेखनसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं, २८ फागुन । काठमाडौंको कुलेश्वरमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पसले स्नातक (बिए) तेस्रो वर्ष र स्नातकोत्तर (एमएड) अन्तिम वर्षका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरेको शोध प्रस्ताव लेखनसम्बन्धी ३ दिने कार्यशाखा सम्पन्न भएको छ । क्याम्पसको नेपाली तथा आमसञ्चार विभाग र अनुसन्धान समितिद्वारा फागुन २५, २६ र २८ मा आयोजित कार्यशाला क्याम्पस प्रमुख भोलानाथ ओझाको उपस्थितिमा आज समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ओझाले पछिल्लो समय शोध लेखनमा नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको बताए । अरुले तयार पारेको शोधलाई तोड मोड गरेर आफ्नो भन्नेहरु बढ्दै गएकाले त्यसरी गरेको कार्यले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाई छ । यस्ता गतिविधिले विद्यार्थीको सृजनात्मक क्षमतामा बाधा पुग्ने हुँदा आफैले लेख्ने वाणीको विकास गर्नु विद्यार्थीको विकल्प नरहेको उनले बताए । राम्रो शोध तयार पार्नेले धेरै दुःख भोग्नु पर्ने ओझाको भनाई छ । ‘शोध तयार पार्दा पटक–पटक नरुनेले शोध गर्दैन’, उनले भने, ‘तपाईंहरु कलेजमा साँच्चिकै राम्रो नियतिले पढेर केही गर्छु भनेर आउँनु भएको छ भने हामी शिक्षकले सहयोग गर्नुपर्छ ।’

क्याम्पस प्रमुख भोलानाथ ओझा र नेपाली तथा आमसञ्चार विभाग प्रमुख मिरा प्रधान, जनमैत्री बहुमुखी क्याम्पस

तर, पछिल्लो समय पढेर केही हुँदैन भन्नेहरुको जमात बढेर गएको ओझा बताउँछन् । यसले जहाँपनि दलाली प्रवृत्ति बढ्दै गएको उनको भनाई छ । ‘दलालहरुलाई नमस्कार गरेर मान्ने प्रचलन बढेकाले पढाइको महत्व छैन भन्नेहरु बढेका छन्’, ओझाले भने, ‘शोध गर्दा पनि दलाली प्रवृद्धि बोकेर तपाईंहरु नआउँनुहोस्, दलाली प्रवृत्तिको अन्त्य आफैले केही गरेर मात्र हुन्छ ।’

त्यस्तै नेपाली तथा आमसञ्चार विभाग प्रमुख मिरा प्रधानले अघिल्ला वर्षहरुमा शोध तयार पार्नेहरुले अत्यान्तै त्रृटि गरेको पाइएकाले यो ३ दिने कार्यशालाले अबका दिनमा विद्यार्थीले गर्ने शोधलाई त्रृटिरहित बनाउँन सहयोग गर्ने विश्वास रहेको बताईन् ।

शोध तयार पार्दा शोधकर्ताले ध्यान दिनुपर्ने प्राविधिक विषयमा उपप्रध्यापकहरु नरेन्द्र कोइराला, शेषकान्त पाण्डेय, योगमायाँ गिरी लगायतले प्रस्तुति दिएका थिए ।

उपप्रध्यापक नरेन्द्र कोइराला, जनमैत्री बहुमुखी क्याम्पस

कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै स्नातकोत्तर तहबाट सुनिता सापकोटा र स्नातक तहबाट जितेन्द्र खनालले कार्यशालाको उपलब्धतासम्बन्धी प्रतिक्रिया दिएका थिए । कार्यशालामा सहभागी हुनु पूर्व आफूहरुलाई शोध तयार गर्न अत्यान्त कठिन होला जस्तो लागेको थियो । तर, ३ दिने कार्यशालाले आफूहरुको सबै चिन्ता हराएर गएको उनीहरुको भनाई छ । कार्यशालामा सुरुका दिनदेखि नै २९ जनाले सहभागिता जनाएका थिए ।

जनमैत्री बहुमुखी क्याम्पस गगुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त काठमाडौं उपत्यकाको पहिलो क्याम्पस हो । यो क्याम्पसमा मानविकि, व्यवस्थापन र शिक्षा संकायका विभिन्न विषयहरु पढाई हुने गर्दछन् । हाल यो क्याम्पसमा करिव १ हजार ५०० विद्यार्थीहरु अध्ययनरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x