Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

उत्पादन तथा रोजगारीका लागि ३ अर्ब विनियोजन

उत्पादन तथा रोजगारीका लागि ३ अर्ब विनियोजन

हेटौंडा, २८ फागुन । बागमती प्रदेश सरकारले उत्पादन प्रवद्र्धन तथा रोजगारी सृजनाका लागि चालू आर्थिक वर्षमा ३ वर्ष बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले उत्पादन र रोजगारी सृर्जना गर्न उक्त बजेट विनियोजन भएर कार्यक्रम अघि बढेको प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले बताएका हुन् ।

ललितपुरको गोदावरी नगरपालिकाको पाँचौं स्थापना दिवसका अवसरमा बिहिवार मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग प्रदेश सरकारले सम्झौता गरिसकेको बताए । उत्पादनको काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरेका छन् ।

नेपाल श्रमशक्ति सर्भेक्षण २०७४÷७५ अनुसार नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत, रोजगारी जनसंख्याको अनुपात ३४.२ र श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेकोमा बागमती प्रदेशमा बेरोजगारी दर ७ प्रतिशत, रोजगारीमा जनसंख्याको अनुपात ४३.८ प्रतिशत र श्रमशक्ति सहभागिता दर ४७ प्रतिशत रहेको छ, जसमध्ये महिला ७.२ प्रतिशत र पुरुष ६.९ प्रतिशत बेरोजगार छन् ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x