Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणले गति लिँदै

नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणले गति लिँदै

काठमाडौं, २८ फागुन । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणले गति लिएको छ । गतवर्ष कोभिडका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ । आयोजनाका अनुसार हालसम्म सुरुङको काम ९ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ ।

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताएको राससमा उल्लेख छ । उनका अनुसार अहिले सुरुङमा शनिवार बाहेक चौबीसै घण्टा काम भइरहेको छ । सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ ।

पूर्व काठमाडौंतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिम धादिङतर्फबाट १४९ मिटर खनिसकिएको आयोजनाले बताएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मिटर खनिएको छ ।

सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुंगामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहँुच सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले एक महिना सकिएको प्रमुख शाक्यले बताए । अबका समयमा १५ महिनामा खनिसकिने गरी काम अघि बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x