नेपाली बजारमा भित्रियो बड्वाइजर बियर
काठमाडौं, २८ फागुन । बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ) दक्षिण एशियामा आफ्नो उपस्थिति सुदृढ गर्दै नेपालमा बड्वाइजर बियरको बिक्री सुरु गर्ने घोषणा गरेको छ । संसारका १ सय ५० भन्दा बढी देशहरूमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वाद अब नेपाली उपभोक्ताले समेत लिन पाउनेछन् ।
एबि इन्बेभले जावालाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीसँग एक विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ। बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो ।
उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ ।