Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

विराटनगरको तरकारी बजारमा पनि क्यूआर कोडमार्फत् भुक्तानी सेवा

विराटनगरको तरकारी बजारमा पनि क्यूआर कोडमार्फत् भुक्तानी सेवा

काठमाडौं, २८ फागुन । एनएमबि बैंकले विराटनगरको सब्जी फलफूल तथा गुद्री बजारमा क्यूआर कोडमार्फत् कारोबार सुरु गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको उपस्थितिमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरिएको हो।

बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो सेवाको सुरुवात गरेको जानकारी दिएको छ। राष्ट्र बैंकका गभर्नर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर सेवाको औपचारिक सुरुवात गरेका थिए।

बैंकले यसअघि काठमाडौंको बल्खु तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोर्ड मार्फत भुक्तानी सेवा सुरु गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *