Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

बैंक अफ काठमाण्डूद्वारा पूर्वतर्फ जाने बसमा क्युआर कोड सेवा सुरु

बैंक अफ काठमाण्डूद्वारा पूर्वतर्फ जाने बसमा क्युआर कोड सेवा सुरु

काठमाडौं, २८ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबार गर्न विभिन्न बस सेवा सञ्चालक कम्पनीहरुसँग सम्झौता गरेको छ । बैंकले भाडावापतको शूल्क क्युआर कोडमार्फत भुक्तानी गर्न पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित बसहरुमा सम्झौता गरेको हो । हाललाई काठमाडौंबाट नेपालको पूर्वी भेगतर्फ जाने २२ वटा बसहरुमा .भाडा संकलन क्युआर कोडमार्फत गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्युआर कोड हस्तान्तरण गरे ।
हाल बैंकले ९० शाखा कार्यालय, ७८ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *