Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नयाँ बजेट निर्माणको तयारीमा जुट्यो अर्थमन्त्रालय

नयाँ बजेट निर्माणको तयारीमा जुट्यो अर्थमन्त्रालय

काठमाडौं, २९ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेकाले मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।

मन्त्रालयले बजेट लेखनका लागि आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरी सकेको छ। यस्तै बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्था सहित अन्य सरोकारवालाहरुसँग इमेल पठाएर सुझाव माग गरेको हो ।

राजस्व परामर्श समितिले पनि सात वटा प्रदेश र तीन वटा विशेष आर्थिक क्षेत्रमा सुझाव संकलन कार्यक्रम सुरु गरिसकेको छ। विराटनगर र विरगंजमा कार्यक्रम संचालन गरिसकेको समितिले छिटै बाँकी स्थानमा पनि कार्यक्रम गरी व्यवसायी र सरोकारवालाहरुको सुझाव संकलन गरि बैशाख अन्तिम सातासम्म सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x