Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जीडीपीमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत

जीडीपीमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत

काठमाडौं, १ चैत । मुलुकको कुल राष्ट्रिय उत्पादन (जीडीपी)मा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत योगदान रहेको डेरी उद्योग संघले बताएको छ । संघका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । यस्तै देशभरका दुग्ध उत्पादन व्यवसायमा ५ लाख कृषक परिवार आबद्ध छन् ।

नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघका निवर्तमान अध्यक्ष इञ्जिनीयर अरनिको राजभण्डारीले जानकारी दिए । संघले ससाना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवल बिना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

दैनिक ५ करोड तथा वार्षिक १२ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब २ अर्बभन्दा बढीको दूध र दुग्ध पदार्थ आयात भइरहेको तथ्यांक पाइन्छ ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ । कुल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको संघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x