फोहोरलाई मोहरमा परिणत गर्नु पर्छ : सांसद श्रेष्ठ
काठमाडौं, २९ फागुन । प्रतिनिधि सभा सांसद जीवन राम श्रेष्ठले फोहोर ब्यवस्थापनमा सरकार र नागरिक सबैको सहयोग उतिकै आवश्यक रहने बताएका छ्न । फोहोरको ब्यवस्थापन मात्र भन्दा पनि अब यसलाइ उधोगकै रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । आज कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.को बार्षिक साधारणसभा तथा बनभोज कार्यक्रममा उनले विकसित देशहरुले फोहोरबाट उर्जा र मल उत्पादन गरिरहेको भन्दै उनले नेपालले पनि त्यसको सिको गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा पुर्बगृह राज्यमन्त्री एबम् प्रतिनिधि सभा सांसद श्याम कुमार श्रेष्ठ फोहोर ब्यवस्थापनमा कम्पनीले गरेको कामको प्रशम्सा गर्दै सेवालाइ थप प्रभावकारी बनाउन सुझाव दिए । वातावरणविद् प्रकाश अमात्यले फोहोर ब्यवस्थापन निकै चुनौतीपूर्ण कार्य भएकाले यसमा सरकार र नागरिक दुबैको सहयोग अपरिहार्य भएको बताए ।
यस्तै कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.का अध्यक्ष रमेश नेवाले फोहोर ब्यवस्थापनमा राज्यले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापन केन्द्र सिसडोलमा बेला–बेला हुने विवादले समस्या हुने गरेको भन्दै राज्यले तत्काल बैकल्पिक केन्द्रको विकास गर्नु उनको सुझाव छ ।
ञस्वच्छ सफा शहर, हामी सबैको रहर’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै कम्पनीले झन्डै दुई दशकदेखि काठमाडौं महानगरपालिकाको वडा नं १३,१४ र १५ मा फोहोर ब्यवस्थापनको काम गर्दै आएको छ । आगामी दिनमा उपत्यकाको विभिन्न वडा सहित र उपत्यका बाहिर पनि आफ्नो सेवालाई विस्तार गर्ने योजनामा कम्पनी रहेको छ ।