Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजार ओरालो बाटोमा

शेयर बजार ओरालो बाटोमा

काठमाडौं, २ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार पनि गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १८.७१ अंकले घटेर २३८८.५४ विन्दुमा झरेको छ ।

कारोबारमा आएका १३ समूह मध्ये ट्रेडिङ, होटल तथा टुरिजम, उत्पादन, इन्भेष्टमेन्ट, म्यूचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूहमा सुधार आए पनि अरु समूहमा गिरावट छ । कारोबार पनि सँवा चार अर्बको मात्र भएको छ। २ सय १२ कम्पनीको ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन आइतबारको भन्दा झन्डै ७५ करोड रुपैयाँ कम हो ।

पछिल्लो समय परिसूचक घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। केही दिन अघिसम्म पनि औसत दैनिक ७ अर्ब रुपैयाँ माथिको शेयर कारोबार हुने गरेको थियो ।

परिसूचक घटेको यो दिन सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्राइस्टक्चर बैंकको भएको छ । बैंकको ४३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यसको शेयर मूल्य सोमबार ५ सय ३७ रुपैयाँमा छ । यस्तै सबैभन्दा धेरै कमाउनेमा भने चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु छन् । यसको शेयर मूल्य ९.९५ प्रतिशतले बढेर ९ सय ७२ रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x