समृद्धि हाँसिल गर्न व्यवसायिक क्षेत्रको विशेष भूमिका हुन्छ : राष्ट्रपति भण्डा
काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्ने बताएकी छिन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले आर्थिक विकासमा व्यवसायिक क्षेत्रले विशेष भूमिका खेल्नुपर्ने बताएकी हुन् ।
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिको भानाई छ ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए । त्यसका लागि आवश्यक पूर्वाधारको विकास गर्न सरकार तत्पर रहेको उनको भनाई छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानको सारथी भएको बताए । सरकारसँग उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न आफूँहरुले चाहेको उनले बताए ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ सार्वजनिक गरेको छ । उक्त स्मृति ग्रन्थ राष्ट्रपति भण्डारीले विमोचन गरेकरेकी हुन् ।