Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक महिनामै ७ प्रतिशतले बढ्यो राजस्व संकलन

एक महिनामै ७ प्रतिशतले बढ्यो राजस्व संकलन

काठमाडौं, ३ चैत । फागुन महिनामा सरकारको राजस्व संकलन लक्ष्यको ७ प्रतिशत बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा कुल राजस्व लक्ष्यको ५६.४६ प्रतिशत असुली भएको छ । गत महिना अर्थात् माघ मसान्तसम्मा लक्ष्यको ४९.२७ प्रतिशत मात्र रहेको थियो ।

रकमको आधारमा फागुन मसान्तसम्ममा खर्ब ६० अर्ब ९३ करोड ५० लाख रुपैयाँ राजस्व असुली भएको छ । माघ मसान्तसम्ममा यो ४ खर्ब ९८ अर्ब ३८ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

चालू आवको फागुन मसान्तसम्ममा भन्सार राजस्वतर्फ ५ अर्ब २६ अर्ब ४० करोड ८६ लाख र गैरकरतर्फ ४३ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ ।

सोही अवधिमा सरकारलाई ५ अर्ब ३० करोड ७८ लाख अनुदान प्राप्त भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ, जसमध्ये कर राजस्वको लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र गैरकर राजस्व असुलीको लक्ष्य ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x