Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं, ३ चैत । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले नेपाल हाइड्रोको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२५ रुपैयाँ तोकिएको छ। त्यसैगरी, महालक्ष्मी विकास बैंकको यस दिन ८.८० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २६९ रुपैयाँ कायम भएको छ।

नेप्सेले दुबै कम्पनीको अघिल्लो कारोबार दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x