नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबिच सम्झौता
काठमाडौं, ६ चैत । नबिल बैंक लिमिटेड र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबिच औषधि व्यवसायीहरुलाई बैंकिङ्ग सेवामा सहयोग गर्ने सम्झौता भएको छ । नविल बैंकका लघुवित्त तथा एस.एम.ई. प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।
नबिल बैंकले औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको जनाइएको छ । औषधि व्यवसायीहरु र बैंकको दिगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंक नबिल एक रहेको बताइएको छ ।
हाल नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटीएमबाट सेवा दिँदै आएको छ ।