Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

काठमाडौं, ६ चैत । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले हवाई भाडा पनि बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडादर वृद्धि गरेका थिए । हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएकोले भाडादर पनि वृद्धि भएको वायुसेवा सञ्चालकहरुले बताएका छन् । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ । यसअघि नेपाल आयल निगमले चैत ३ मा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो ।

हवाई भाडामा लाग्ने इन्धनको शुल्कमा भएको मूल्यवृद्धिलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेसँगै बढेको मूल्य लागु हुन लागेको वायुसेवा सञ्चालक संघले जनाएको छ । संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । त्यस्तै काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x