Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

संसद सचिवालयका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहज कर्जा पाउने

संसद सचिवालयका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहज कर्जा पाउने

काठमाडौं, ६ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म पेशाकर्मी सरल कर्जा प्रवाह पाउने छन् । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ। हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ ।

सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x