Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सिभिल बैंकले सातै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम संचाल गर्ने

सिभिल बैंकले सातै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम संचाल गर्ने

काठमाडौं, ९ चैत । सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गरी मनाउने भएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा विभिन्न प्रदेशमाजनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ।

बैंकले चैत्र ९ गते प्रदेश नं १ को अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने, १० गते प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गर्ने, ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने जनाएको छ।

त्यस्तै चैत १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने, १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम गर्ने, १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र १५ गते सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x